जीपले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–१० स्थित बैदीमा आज जीपले ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जीपको ठक्करबाट बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–१० बस्ने राजेन्द्र थारूको ५ वर्षीया छोरी सामना थारूको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ७० वर्षीया रुकमणि थारूलाई जीपले ठक्कर उनी सिरियस घाइते भएकी छिन् । उनको उपचार मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । जीपको ठक्करबाट दुवै जनाको टाउको र शरीरमा चोट लागेको थियो ।

दिउँसो ३ बजे बैदीबाट जयनगरतर्फ जाँदै गरेको बाँसगढी नगरपालिका–४ बस्ने ४० वर्षीय भीमबहादुर चौधरीले चलाएको भे१च १२१६ नंको जीपले पैदल यात्री सामाना थारू र रुकमणि थारू जयनगरदेखि बैदीतर्फ आउँदै गरेको बेला ठक्कर दिएको थियो । चालक र जीपलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *