विधि र थिति बसाएर सेवा प्रदान गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विधि र थिति बसाएर काम गरे सेवाग्राहीलाई कुनै समस्या नआउने बताउनु भएको छ ।

बुधबार विराटनगरस्थित कोशी अस्पतालको अनुगमन र निरीक्षणपछि आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई विधि र थिति मिलाएर काम गर्न निर्देशन दिनुभयो ।

उहाँले मुलुकमा विधि र थिति अनुसार काम कारबाही अघि नबढेकै कारण सेवाग्राहीहरुले दुःख पाउने गरेको बताउँदै अस्पतालमा आउने सेवाग्राहीहरुले खोजे जस्तो सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

उहाँले बजेट अभावकै कारण कुनै पनि सेवा प्रभावित हुन नहुने बताउदै सरकारले सरकारी अस्पताललाई आवश्यक बजेटको व्यवस्था गर्न लागेको जानकारी समेत दिनुभयो ।

अन्तक्र्रिया कार्यक्रममा कोशी अस्पतालका चिकित्सक, नर्स, कर्मचारीले अस्पतालको बस्तुस्थिति बारे अवगत गराउदै अस्पतालका समस्याहरु बारे जानकारी गराएका थिए ।

यसैगरी सेवाग्राहीहरुले अस्पतालमा चिकित्सकहरु तोकिएको समय सम्म नबस्ने, सेवा प्रभावकारी नभएको गुनासो गरेका थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *