अज्ञात समूहद्वारा भोजपुरकाे दुई वडा कार्यालयमा आगजनी

भोजपुरमा दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।

घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *