लोक सेवा आयोगले खुलायो १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन

लोकसेवा आयोगले शाखा अधिकृत पदपूर्ति तथा बढुवाका लागि बिज्ञापन खुलाएको छ । आयोगले बुधबार १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन खुला गरेको हो ।

राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि जागिर खुला गरेको आयोगले जनाएको छ ।

जसमा सामान्य प्रशासन सेवातर्फ ५६०, लेखातर्फ ३० राजस्व सेवाअन्तर्गत ६९, लेखापरीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *