सर्लाहीमा घुस रकमसहित सई र प्रहरी जवान अख्तियारको नियन्त्रणमा

घुस रकमसहित सर्लाहीको त्रिभुवन नगर प्रहरी चौकीमा कार्यरत सई र एक प्रहरी जवान पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरेको हो । भारतीय सीमाबाट नेपाल ल्याउने घरायसी सामानमा कर छुट तथा सहयोग गर्ने भन्दै प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवले सेटिङ मिलाएको सूचनाको आधारमा सिंहलाई कार्यालयबाटै र प्रहरी जवान मनोजकुमार यादवलाई सर्लाहीको ब्रहृमपुरी गाउँपालिकाको एक स्कुलबाट रंगेहात पक्राउ गरिएको हो ।

नियन्त्रणमा रहेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *