अमेरिकी न्यायिक समितिद्वारा औपचारिक रूपमा ट्रम्पविरूद्धका अभियोगहरू सार्वजनिक

अमेरिकी संसद्को न्यायिक समितिले औपचारिक रूपमा राष्ट्रपति ट्रम्पविरूद्धका महाभियोगसम्बन्धी अभियोगहरू सार्वजनिक गरेको छ ।

त्यसलाई राष्ट्रपतिविरुद्ध अघि बढाइएको महाभियोग प्रक्रियाको एउटा प्रमुख कदमको रूपमा हेरिएको छ ।

डेमोक्रयाटहरूको नियन्त्रण रहेको समितिका प्रमुख जेरोल्ड न्याडलरले सार्वजनिक गरेको पहिलो बुँदामा राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ । दोस्रोमा संसद्को गतिविधिमा बाधा र्पुयाएको आरोप लगाइएको छ ।

राष्ट्रपति ट्रम्पमाथि घरेलु राजनीतिक कारणले युक्रेनलाई दिइने सहायता स्थगित गरेको पनि आरोप लगाइएको छ । राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको बताउँदै महाभियोग प्रकियालाई ’पागलपन’को सङ्ज्ञा दिएका छन् ।

संसद्को न्यायिक समितिले यसै हप्ताको अन्त्यतिर ती बुँदाहरू अनुमोदन गरे त्यो संसद्को तल्लो सदनमा मतदानका लागि प्रस्तुत हुनेछ ।

डेमोक्य्राटहरूको नियन्त्रणमा रहेको तल्लो सदनबाट ती बुँदा अनुमोदन भए भने रिपब्लिकनहरूको नियन्त्रणमा रहेको सिनेटमा महाभियोगसम्बन्धी सुनुवाइ अघि बढ्नेछ । सम्भवत: त्यो प्रक्रिया जनवरी महिनामा सुरु हुने ठानिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *