आउँदो वर्षायामदेखि विद्युत् मागभन्दा बढी भएर खेर जाँने, विद्युतीय चुल्होको प्रवर्द्धन गर्दै सरकार

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन अभियान अघि सारेको छ ।
आगामी वर्षा यामदेखि विद्युत् मागभन्दा बढी भएर खेर जाने अवस्था रहेको भन्दै चिन्ता प्रकट भइरहेका बेला केन्द्रले विद्युत् चुल्होको अभियान अघि सारेको हो ।

चालु आर्थिक वर्षभित्र थप १ हजार ५ मेगावाट उत्पादनसँगै विद्युत् खेर जान सक्ने विद्युत् प्राधिकरणको प्रक्षेपण छ भने विद्युत्को खपत बढाउन विद्युतीय चुल्हो प्रवद्र्धन तथा विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई प्राधिकरणले जोड दिँदै आएको छ ।

सुधाररिएको चुल्हो निर्माणको अभियान नै सञ्चालन गरेको केन्द्रले विद्युतीय चुल्हो इन्डक्सनको समेत प्रवद्र्धनका लागि अभियान अघि बढाउन लागेको केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले जानकारी दिएको समाचार आजको कारोबार दैनिकले छापेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *