१३ औं साग – स्वास्थ्य खर्च डेढ करोड, उपचारमा सहज सुविधा नपाएकाे खेलाडीकाे गुनासाे

१३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि काठमाडाैं उपत्यकाको ४ स्थानमा मेडिकल सेन्टर राखिएको छ । जसका लागि १ करोड ५५ लाख खर्च गरिएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुदको लागि दशरथ रंगशालामा रहेको यो मेडिकल सेन्टर भब्य छ । कुनै सुबिधा सम्पन्न अस्पतालभन्दा कम छैन यो मेडिकल सेन्टर । प्रतिस्पर्धाका क्रममा भैपरी आउने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै प्रतियोगितास्थलमा मेडिकल टिम तैनाथ गरिन्छ ।

दक्षिण एसियाली खेलकुदको लागि ८२ चिकित्सक, ५५ फिजियोथेरापिष्ट र ९० नर्स परिचालन गरिएको छ । तर, खेलाडी भने घाइते हुँदा मेडिकल टिमबाट छिटो–छरितो सेवा नपाएको गुनासो गर्छन् ।

सागका खेलाडीका लागि १५ वटा एम्बुलेन्स तयारी अबस्थामा राखिँदा औषधिमा मात्र ३५ लाखभन्दा बढी खर्च गरिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *