ऋचाले दिपेक्षसंग कसिन् लगनगाँठो

अभिनेत्री ॠचा शर्मा र दिपेक्ष विक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुको विवाह मंसिर २१ गते शनिबार भएको हो । ऋचा ललितपुरको लविम् मलका म्यानेजर दिपेक्षसँग वैवाहिक बन्धनमा बाँधिएकी छन्। दिपेक्ष र ऋचा विवाहको माहोल विहीबारबाटनै भएको थियो ।

ऋचा र दिपेक्षको विवाहको सङ्गीत कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा, नम्रता सापकोटा, माला लिम्बु लगायतले नृत्य प्रस्तुत गरेका थिए । ऋर्चा पनि ‘साजनजी घर आए’ बोलको हिन्दी गीतमा नाचिन् । सङ्गीतमा दुलहा दिपेक्षले पनि साथीभाइसँग नाचे। ॠचाले केही समय अघि पोखरामा व्याचलर्स पार्टी आयोजना गरेकी थिइन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *