भारतका प्रधानमन्त्री मोदी र भूटानी प्रधानमन्त्री छिरिङले गरे ओलीलाई स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भूटान अधिराज्यका प्रधानमन्त्री डा. लोते छिरिङले शुभेच्छा सन्देश पठाउनुभएको छ । भारत र भूटानका प्रधानमन्त्रीले बेग्ला–बेग्लै शुभेच्छा सन्देश पठाएर प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य र सुस्वास्थ्यको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

प्रधानमन्त्री ओलीको केही दिन अघि एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो । साथै १० बर्षअघि प्रत्यारोपण गरिएको उहाँको मृगौलाले काम गर्न छाडेपछि डायलासिस गरिँदै आएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *