देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा दिनुपर्छ – महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले साग प्रतियोगितामा भाग लिन आउने खेलाडीको आगमनको समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।

महानिरीक्षक खनालले नेपाल आउने पाहुनालाई बिना झन्झट कुनै अप्ठेरो नपर्ने गरी अत्यन्त शिष्ट व्यवहारका साथ छिटोछरितो सेवा प्रदान गर्नुपर्नेमा जोड दिदैं अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता र विशिष्ट पाहुनाको सुरक्षा र सेवा प्रदान गर्ने यस विशेष अवस्थाको दायित्वलाई अवसरका रुपमा लिई सकारात्मक सन्देश जाने गरी स्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

उहाँले विमानस्थलमा हुनसक्ने अवैध तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कुनै कसर नराखी काम गर्नुपर्ने बताउनुभयो । निरीक्षणको क्रममा महानिरीक्षक खनालले विमानस्थलस्थित सुरक्षा उपकरण र साधनस्रोतको अवलोकन गरी यस सम्बन्धमा थप जानकारी लिनुभएको थियो । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *