संक्रमण हुन सक्ने भन्दै प्रधानमन्त्री ओली आईसीयूमै, पूर्ण निकाे हुन १० दिन लाग्ने

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन प्रधानमन्त्री ओलीलाई आईसीयूमै राखिएको हो । चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थयमा सुधार भएपनि पूर्ण रुपमा स्वस्थ हुन भने अझै १० दिन लाग्नेछ ।

उपचारमा संलग्न डा. सुवास आचार्यका अनुसार पेटको घाउ आलै रहेका कारण बाहिर सारे अन्य संक्रमण हुने जोखिम भएकाले प्रधानमन्त्री ओलीलाई आईसीयूमै राखिएको हो । चिकित्सकका अनुसार स्वास्थ्य अवस्था, क्षमता, गतिशीलता, खानपान हेरेर आईसीयूबाट बाहिर राख्ने विषयमा निर्णय गरिनेछ । ‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) देखिएपछि मंगलबार प्रधानमन्त्री ओलीको उक्त सेन्टरमा शल्यक्रिया गरिएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *