शेयर बजारमा उत्साहजनक सुधार

आठ दिनदेखि लगातार घटेको शेयर बजार बुधबार ८ दशमलव ३० अंकले बढेर १ हजार १ सय १७ दशमलव ४६ अंकमा कायम भएको छ । पछिल्लो समय शेयर बजारको अवस्था प्रति साना लगानीकर्ताहरु भने अन्यौलमा परेका छन ।

बुधवार कारोबारको सुरूदेखि नै शेयर बजार बढेको थियो । वाणिज्य बैक र सामूहिक लगानी कोषमा लगानीकर्ताको खरिद चाप बढाउँदा समग्र कारोबार मापक सूचकमै सकारात्मक प्रभाव देखिएको हो । सामूहिक लगानी कोष मापक उपसूचक २.७३ प्रतिशत र वाणिज्य बैक समूह शुन्य दशमलव४८ प्रतिशत बढेको छ ।

बुधबार १ सय ६५ कम्पनीका सात लाख ३८ हजार कित्ता शेयर २१ करोड २३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढि एनएमबी बैकको दुई करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । कारोबार रकमकै आधारमा हिमालयन डिस्टिलरी दोस्रो भएको छ । सो कम्पनीको एक करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

अघिल्लो हप्ताको आइतबार १ हजार १ एक सय ३५ दशमलव ९५ मा रहेको सूचक मंगलबार १ हजार १ सय ९ दशमलव १७ अंकमा कायम भएको छ । लगातार बजार घटेपछि लगानीकर्ता पछिल्लो समयमा शेयर बजारको अवस्था प्रति पर्ख र हेरको अवस्थामा रहेका छन ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *