पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाइरहेका छन् । कीराको संक्रमणले धानबाली सखाप भएपछि खतमै आगो लगाउन किसान बाध्य भएका हुन् । फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापाका २ सय २५ बिघामा उत्पादन भएको धान खेतमा नै आगो लगाउनु परेको कृषि ज्ञान केन्द्र थापाले जनाएको छ ।
धान पसाउने बेलामा फैजी कीराको संक्रमण झेलेका किसान धान पाक्ने बेलामा फड्के कीको संक्रमण झेलिरहेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छपिएकाे छ ।