कुलमानले लोडसेडिङ हटाएकोमा विश्व बैंकले गर्यो चकित पार्ने प्रशंसा

विश्व बैंकले नेपालले विद्युतको क्षेत्रमा राम्रो प्रगति गरेको जनाएको छ । बिहीबारदेखि काठमाण्डौमा सुरु भएको ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका देशीय निर्देशक फरिस एच. हदाद जर्भोसले नेपालले विद्युत् उत्पादन र विद्युतीकरणमा राम्रो गतिमा प्रगति गरिरहेको बताउनुभयो ।निर्देशक जर्भोसले सन् २०१७ को सर्वेक्षणपछि नेपालले ग्रिड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म बढाउँदै थप प्रगति गरेको र सन् २०१८ देखि देशमा लोडसेडिङ हटाएकोमा खुशी लागेको बताउनुभयो । उहाँले गुणस्तरीय विद्युतको लागि नेपाल सरकारसँग साझेदार गर्न पाएकोमा गर्व लागेको पनि बताउनुभयो।तर विश्व बैंकले गरेको सर्वेक्षणले विद्युत् पहुँचको गुणस्तरमा प्रगति भए पनि एक सयमध्ये ७० परिवारले प्रदूषणकारी र हानिकारक इन्धनलाई खाना पकाउनमा प्रयोग गरिरहेको देखाएको छ ।सम्मेलनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले आउँदो दिनमा पर्याप्त बिजुली आपूर्ति भएपछि खाना पकाउन आयात गरिएको एलपीजीमा ठूलो निर्भरता हटाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *