अमेरिकाले १४५ भारतीयलाई हात खुट्टा बाँधेर स्वदेश फर्काइदियो

वैधानिक कागजपत्र विना प्रवेश गर्नेमाथि अमेरिकाले कडा नीति लिन थालेको छ । उसले मंगलबार एक सय ४५ भारतीय र २५ बँगलादेशी नागरिकलाई उनीहरुको देशमा फर्काइदिएको छ । त्यो पनि हात खुट्टा बाँधेर ।उनीहरु बुधबार विहान नयाँ दिल्लीमा उत्रिए । सुन्दर सपना देख्दै लाखौं खर्च गरेर अमेरिका पुगेका सबैको सपना चकनाचुर भयो जब उनीहरु अमेरिकी सुरक्षाकर्मीको नियन्त्रणमा परे । विभिन्न राज्यहरुमा पक्राउ परेकालाई एकै स्थानमा भेला गरी चाडर्ट विमानबाट पठाइएको थियो । अमेरिकाको एरिजोनाबाट उडेको चार्टड विमानमा उनीहरुलाई फर्काइएको थियो ।एरिजोनाबाट एकैपटक ढाका उत्रिएको विमान २५ बँगलादेशीलाई ओरालेपछि नयाँ दिल्ली उत्रिएको थियो । भारतीय नागरिकमध्ये १४२ पुरुष र तीनजना महिना थिए।

उनी हरुलाई अमेरिकाको विभिन्न प्रान्तबाट नियन्त्रणमा लिई सामूहिक रुपमा आफ्नै देश फर्काइएको थियो । २४ घन्टा लामो विमानको यात्रापछि उनीहरु भारत पुगेका थिए । कुनै वैधानिक कागजपत्र नभएका युवाहरुलाई अमेरिका सरकारले एकतर्फी फर्कन आकस्मिक प्रमाणपत्र बनाइदिएको थियो । अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्न फर्काइएकाहरुले प्रतिव्यक्ति २५ लाख भारु सम्म तिरेका थिए । उनीहरुले दलालमार्फत् विभिन्न देशको बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए । अधिकांश१९ देखि ३१ वर्ष उमेर समूहकाहरु दक्षिण अमेरिकाका विभिन्न देश हुँदै अमेरिका पुगेका थिए । केही व्यक्ति यूरोपको बाटो हुँदै पुगेका थिए ।अमेरिकाले भारतीय नागरिकलाई गत महिना यसैगरी चाटर्ड विमानमार्फत् फर्काइदिएको थियो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेप्रति कठोर छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *