मिनी टिलरका कारण गाँउघरका परम्परागत कृषि यन्त्र हराउदै

पछिल्लो समय जिल्लाको कृषि क्षेत्रमा यान्त्रीकरण बढ्दै गएको छ । परम्परागत रुपमा खेतबारी जोत्नका लागि प्रयोग हुदै आएको गोरु पालन गर्नेहरुको संख्या कम हुदै गएपछि यान्त्रीकरण बढ्दै गएको हो । स्थानीय तहमा स्थानीय सरकारहरुले उत्पादनमा आधारित कार्यक्रम लागू गर्न र युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न र कृषि व्यवसायतर्फ आकर्षित गर्ने उदेश्यले अनुदानमा कृषि यन्त्र वितरण गर्न लागेपछि कृषकहरुको थप आकर्षण बढेको हो । युवा जनशक्ति विदेश पलायन र शहर केन्द्रित हुन थालेपछि परम्परागत कृषि यन्त्रको समस्याको कारण खेति योग्य जमिन बाँझो रहने अवस्था आएको थियो ।

पछिल्लो समयमा दुई नगरपालिका र ८ वटा गाँउपालिकाले आधुनिक कृषि यन्त्रका लागि एक करोड भन्दा बढी रकम खर्चिएका छन् । कृषि र पशुपालनको सम्भावना रहेको जिल्ला भए पनि पछिल्लो समयमा पशुपालन गर्नेहरुको संख्या कम हुदै गएकाले छोटो समयमा धेरै काम गर्नका लागि आधुनिक कृषि यन्त्र (मिनी टिलर)को माग बढेकोले कृषकको माग अनुसार ५० प्रतिशत अनुदानमा वितरण गरिएको रिब्दीकोट गाँउपालिकाको अध्यक्ष नारायण बहादुर जिसीले बताए ।

खनजोतका लागि कृषकहरुको रोजाईमा परेको मिनी टिलर जिल्ला कृषि विकास कार्यालयले अनुदानमा व्यवसायिक कृषिमा आबद्ध कृषक समूहलाई वितरण गरेको थियो । साना किसानहरुको पहुँच नपुगेका कारण खनजोत गर्ने साधन नहुँदा जिल्लाका अधिकांश खेतियोग्य जमिन बाँझो रहन पुगेको थियो । स्थानीय सरकारले ब्यवसायिक कृषिलाई मुख्य प्राथमिक्तामा राखेर कृषिमा आधुनिकीरण र यान्त्रीकरणतर्फ जोड दिदै साना किसानहरुलाई समेत समेट्न लागेपछि यान्त्रीकरणमा सबैको समान पहुँच पुगेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *