‘म्याडम म्याडम’मा सौगात र श्रृष्टी

फिल्म ‘माछा माछा’ को गीत ‘म्याडम म्याडम’ रिलिज भएको छ । फिल्मको आइटम गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठको नृत्य रहेको छ । गीतमा अनुपम शर्माले स्वर दिएका छन् भने संगीत पनि शर्माकेै रहेको छ । फिल्मलाई सुनिल गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेका फिल्मलाई शिवराम श्रेष्ठले छायाँकन गरेका छन् । फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्ममा सौगातसँगै नम्रता श्रेष्ठ, प्रविन खतिवडा, सरिता गिरी, विजय बराल, अनोज पाण्डे, भोला राज सापकोटा, पुस्कर गुरुङ, कमल मणि नेपाल, धुर्व कोइराला लगायत कलाकारले अभिनय गरेको फिल्म मंसिर २० गतेदेखि प्रर्दशनमा आउँदैछ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *