पूर्वराजा ज्ञानेन्द्र र हिमानीसंग देखिन् अभिनेत्री पूजा

अभिनेत्री पूजा शर्माले पूर्वराजा ज्ञानेन्द्र शााह र बुहारी हिमानी राज्यलक्ष्मी शाहसंग फोटो खिचेर आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा पोष्ट गरेकी छन् । पूजाले पोष्ट गरेकी उक्त फोटोहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अभिनेत्री पूजाले पूर्वराजा ज्ञानेन्द्र र हिमानीसंग लिएकी उक्त फोटोको क्याप्सनमा नेपालको अन्तिम राजा र विश्वको अन्तिम हिन्दु राजा भन्दै हामी तापाइलाई धेरै सम्झन्छौं लेखेकी छन् । पूजाले शनिबार राति लिएकी उक्त तस्विरहरु सामाजिक सञ्जाल फेसबुक र ईन्स्टामा पोष्ट गरेपछि भाइरल भएको हो।

शनिबार साँझ आफ्नो साथीको जन्मदिन मनाउन महाराजगञ्जको एक रेस्टुरेन्टमा पुगेकी पूजाले पुर्वराजा ज्ञानेन्द्र शाह र हिमानीलाई उक्त रेस्टुरेन्टमा भेटेकी थिइन्। उक्त भेटकाे क्रममा पूजाले पूर्वराजा ज्ञानेन्द्र र हिमानीसंग फोटो लिएर आफ्नो सामाजिक सञ्जालमा पाेष्ट गरेकी हुन्। यतिबेला पूजा फागुन २३ गते देखि प्रर्दशनीमा आउने ‘म यस्तो गीत गाउछु २’ को छायांकन व्यस्त छिन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *