जाडोमा गुन्द्रुक खानुका यस्ता छन् फाइदाहरु

गुन्द्रुक स्वादका लागि मात्र नभए स्वाथका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा नियमित पाक्ने तरकारी पनि हो । गुन्द्रुक स्वादमा निकै चोपिलो हुन्छ । विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । यसाको सेवन प्राय जाडो महिनामा प्रयोग हुन्छ । यो नेपाल लगाएत अरु देसका मानिसहरुलाई पनि निकै मन पर्छ । यसको स्ताद अमिलो हुन्छ । यसलाई सागबाट बनाउन सकिन्छ ।सामान्यतया गुन्द्रुकलाई झोलको रुपमा प्रयोग गर्ने प्रचलन छ । तर, यसलाई अरु पनि स्वादिष्ट परिकारको रुपमा तयार पारि सेवन गर्न सकिन्छ ।तारे होटलमा गुन्द्रुकको झोलमा भटमास राखेर स्वादिस्ट रुपमा तयार पारिन्छ र यसलाई हिमालय सुपको रुपमा प्रयोग गरिन्छ ।

कागती, टिमुर, नुन, खुर्सानी, भुटेको भटमास, धनीया, भुटेको तोरिको तेल राखि गुन्द्रुकलाई साँधेर पनि खान सकिन्छ । यसरी तयार पारेको परिकारलाई कोदो, फापरको रोटी वा नेवारी मासको बारासँग खादा पनि निकै स्वादिष्ट हुन्छ ।आँखाको भिजनका लागि गुन्द्रुक अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गुन्द्रुकले फाइदा पुर्‍याउँछ । गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ ।अधिक कोलस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोल घटाउनको लागि भूमिका खेल्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *