हतियार बोकेर जंगे पिलर संगै उभिएको जिग्रिको तस्बिर भाइरल !

हास्य कलाकार कुमार कटेल जिग्रिको एक तस्बिर सामाजिक संजालमा भाइरल भएको छ । पिलर नम्बर १५३ / ०४ लेखिएको पि’लर संगै हतियार लिएर उभिएका जिग्रिको तस्बिर भाइरल भएको हो । श्रोतका अनुसार यो तस्बिर हास्य शृंखला सक्किगोनिको सुटिंगको लागी तयार पारिएको सेटमा खिचिएको बुझिएको छ । हरेक नागरिक बिना बर्दीको सिपाही हौ र यो मातृभूमिको सुरक्षा गर्नु हामी सबैको पहिलो कर्तब्य हो जय नेपाल लेख्दै जिग्रिले यो तस्बिर फेसबुकमा राखेका थिए ।

प्राप्त जानकारी अनुसार सक्किगोनिमा भारतीय सिमा अतिक्रमण कै बिषयलाई लिएर यो भाग तयार पारिएको छ । कुमार कट्टेलले यस अगी पनि भिभिन्न बिषयमा आफ्नो खरो टिप्पणी सार्बजनिक गर्दै आएका छन् । सीमा अतिक्रमण गरी भारतले आफ्नो नयाँ नक्सा बनाएपछी अहिले देशभर यसको बिरोध भइरहेको छ । नेपाली भूभाग लिम्पियाधुरादेखि लिपुलेकसम्मलाई भारतले समेटेर नक्सा बनाएपछी नेपाली नागरिकले विरोध गर्दै नक्सा सच्याउन माग गरेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *