रानीको ‘मर्दानी–२’को ट्रेलर यस्तो बन्यो

बलिउड अभिनेत्री रानी मुखर्जीकोको मोस्ट अवेइटेड एक्शन थ्रिलर फिल्म ‘मर्दानी–२’को ट्रेलर सार्वजनिक भएको छ । ‘मर्दानी–२’मा अभिनेत्री रानी मुखर्जीलाई एक साहसी प्रहरी अफिसर्सको भूमिकामा देख्न सकिन्छ । यो फिल्म ‘मर्दानी’को सिक्वेन्स हो । २०१४ मा दर्शकमाझ रिलिजमा आएको मर्दानी शिवजी रायको उत्कृष्ट फिल्म मध्येको एक थियो । सो फिल्मलाई प्रदीप सरकारले निर्देशन गरेका थिए ।

सिक्वेन्स फिल्म ‘मर्दानी–२’लाई गोपी पुथरेनले निर्देशन गरेका हुन् । फिल्मको सार्वजनिक ट्रेलरमा रानीको जबरदस्त एक्शन अवतार प्रस्तुत गरिएको छ । ट्रेलर अनुसार सिरियल किलर र रेपिस्टको वरिपरि फिल्मको कथामा घुम्नेछ । रानीको यस फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *