विदेशमा मृत्यु भए परिवारका सदस्यले आर्थिक सहायताका लागि स्थानीय तहबाटै निवेदन दिन सकिने

वैदेशिक रोजगारमा गएका कुनै पनि कादारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले मृत्यु भएमा आर्थिक सहायता प्राप्त गर्नका लागि अब स्थानीय तहमै निवेदन दिन मिल्ने व्यवस्था गरेको छ । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा कात्तिक १८ गते जारी गरिएको व्यवस्था सबै स्थानीय तहलाई परिपत्र गरेको छ । कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठद्वारा जारी परिपत्रमा स्थानीय तहमा परेको निवेदन ७ दिनभित्रमा बोर्डमा पठाउनुपर्ने र सम्बन्धित व्यक्तिलाई जानकारी दिनुपर्ने प्रावधान उल्लेख गरिएको समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *