फिल्म ‘माछा माछा’को प्रदर्शन मिति सर्‍याे

फिल्म ‘माछा माछा’को प्रदर्शन मिति सरेको छ । अभिनेता सौगात मल्लको फिल्म काक्तिक २९ गतेदेखि प्रदर्शनमा आउने भनिएको थियो । तर अब मंसिर २० गतेबाट प्रर्दशनमा आउने भएको छ । प्राविधिक कारणले फिल्म सार्नु परेको निर्माण टिमले बताएको छ । फिल्म सुनिल गुरुङको लेखक तथा निर्देशनमा बनेको हो । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेका यो फिल्म सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा बनेका छ ।

फिल्म ‘माछा माछा’को सह–निर्माता ओमचन्द्र रौनियार र अर्जुन कार्की हुन् । शिवराम श्रेष्ठले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।कमेडी जनरामा बनेको फिल्म ‘माछा माछा’मा सौगातसँगै विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *