‘रुप ज्योतिलाई थप ५ दिन थुनामै राख्नु’- जिल्ला अदालत काठमाडौं

जिल्ला अदालत काठमाडौंले ठगीको आरोपमा प्रहरी नियन्त्रणमा परेका पूर्वसहायक अर्थमन्त्री एवम् उद्योगी रुपज्योति र उनकी छोरीलाई थप पाँच दिन थुनामै राख्न अनुमति दिएको छ । ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजालसले थप पाँच दिन थुनामै राख्न अनुमति दिएको हो । उद्योगी ज्योतिका कानून ब्यवसायीले साधारण तारेखमा छाड्न माग गरेका थिए । अर्कोतर्फ प्रहरीले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न सात दिनको समय माग गरेको थियो ।

गत विहीबार महानगरीय प्रहरी परिसर काठमाडौँले हाउजिङका नाममा सर्वसाधारणलाई २ करोड ७० लाख ठगी गरेको आरोपमा रुपज्योतिलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *