भारतले नेपाली सीमा मिचेर हेपाहा प्रवृत्ति देखायाे – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली सीमा मिचेर हेपाहा प्रवृत्ति देखाएको बताउनुभएको छ । अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कूटनीतिक माध्यामबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको यथेष्ट प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै त्यसैको आधारमा ती समस्या समाधान गर्न सरकार लागिपर्ने दृढता व्यक्त गर्नु भएको हो ।

मन्त्री ज्ञवालीले नेपालको सीमा लिम्पियाधुराको कुटीयाङदी नदी भएको भन्दै अनेक कृत्रिमता खडा गरेर भारतले बलमिचाई गरेको पनि बताउनु भयो । अनेस्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले मन्त्री ज्ञवालीलाई कालापानी र सुस्ताको तत्काल स्थलगत अवलोकन गर्न सुझाव दिएका थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *