कांग्रेस प्रचण्ड पथको भरिया हो, वर्तमान सरकार सँग कुनै भिन्नता छैन : अध्यक्ष थापा

एजेन्सी, काठमाडौं। राष्ट्रिय पजातन्त्र पार्टीका (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ‘प्रचण्ड’ पथको भरिया भएको बताउनु भएको छ ।

भक्तपुर जिल्ला समितिले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै थापाले प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले आफ्नो सिद्धान्तलाई तिलान्जली दिँदै प्रचण्डको भरिया भएकाले कांग्रेस र वर्तमान सरकार बीच कुनै भिन्नता नरहेको बताउनु भयो ।

गणतन्त्र धर्म निरपेक्षता र संघियता नेपालको एजेन्डा नभई बिदेशको एजेन्डा भएको र यसलाई प्रचण्डले भरियाका रुपमा नेपाल भित्र्याएको र यसलाई नै कांग्रेसले आत्मसाथ गर्दै पछि पछि लागेको उहाँले बताउनु भयो ।

इतिहासमै वर्तमान सरकार सबैभन्दा भ्रष्ट रहेको बताउँदै थापाले प्रहरी प्रशासन, राजनीतिक दलहरु र अदालत सम्मको सेटिङमा ईतिहासकै ठूलो एनसेलको ४० अर्वको घोटाला भएको बताउनु भयो ।
धर्म र संस्कृति संकटमा परेका बेला सबै एकजुट भएर संरक्षण गर्नु पर्ने बेला आएको उहाँले बताउनु भयो ।

उहाँले परिवर्तनका नाममा हिन्दु राष्टको पहिचान समाप्त परियो, राज संस्थालाई पार लगाइयो, एकात्मक देशलाई संघियता लादियो, राष्ट्रघाति कदम चाल्दै नागरिकता बिदेशीलाई दिने वातावरण तयार पारियो र देशलाई अस्थिरता निम्ताउने काम वर्तमान सरकारले गरेको आरोप लगाउनु भयो ।

वर्तमान सरकार देशमै रोजगार श्रृजना गर्ने तर्फ लाग्नु भन्दा पनि बैदेशिक रोजगार जाने तालीम प्रदान गर्दै सरकाले गलत नीति लिइरहेको उहाँले बताउनु भयो ।

– रामगोपाल तमखु

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *