नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

एजेन्सी, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी विनय राज पाण्डेलाई हराएर चन्द अध्यक्षमा निर्वाचत भएका हुन् । उनले बहुमत प्राप्त गरेर जित हात पारेका छन् । चन्द प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका राजबाबु श्रेष्ठ, सचिवमा उम्मेदवारी दिएका अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन कुमार सिंह निर्वाचित भएका हुन् ।

निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गरेका थिए । आईसीसीले निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।

नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन गरेको हो । क्यानमा नयाँ नेतृत्व आएसँगै क्यान निलम्बनको ढोका खुलेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *