सरकारले २ तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्सायाे : गगन थापा

एजेन्सी, काठमाडौं। काँग्रेस नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिएका छन् । आज काठमाडौंमा आयोजित दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।

सरकारले नेपाललाई कम्बोडियामा जस्तो तानाशाही व्यवस्था ल्याउन खोजिरहेको उल्लेख गर्दै थापाले त्यसलाई सफल हुन नदिने पनि बताए ।

यस्तै, कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले कांग्रेस कुनै पनि राजनीतिक दलले हराउन नसक्ने भएपनि अन्तरघातका कारण हार्नु परेको दावी गर्दै सभापतिले नै आगामी निर्वाचनमा विजयी हुने गरी पार्टीको कामलाई अघि बढाउन प्रतिज्ञा गर्नुपर्ने बताएका थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *