दसैं-तिहार विशेष गीत ‘फर्की आउ पर्देशी’ सार्वजनिक

एजेन्सी, पाल्पा । पाल्पाका युवा गायक कमल भट्टराईले नयाँ दशै–तिहार गीत बजारमा ल्याएका छन् । धिताल फिल्मसमार्फत गायक भट्टराईले ‘फर्की आउ पर्देशी’ गीतको भिडियो दर्शक/श्रोतामाझ ल्याएका हुन् । गीतलाई कमल भट्टराई र पद्मा बस्याल (रीता पाण्डे)ले स्वरबद्ध गरेका हुन् । गायक भट्टराईको आफ्नै शब्दमा यो गीतलाई प्रेम लामिछाने मगरले संगीतबद्ध गरेका छन् ।

भिडियोलाई गायक भट्टराई आफैले निर्देशन गरेका छन् । गीतको कथामा एउटा गरीब नेपाली ऋण काडेर कसरी विदेशिनु पर्छ ? विदेश पुगिसकेपछि के-कस्तो पीडाहरु भोग्नुपर्छ ? त्यस्तै दसैं–तिहार लगाएतका विशेष चाडवाडका बेला घर फर्किन नपाउँदाको पीडासँगै घरमा कमाउने मान्छे नहुँदाका छिमेकीहरुले गर्ने व्यवहारलाई भिडियोमातर्फ मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा गायक भट्टराई र गायिका बस्याल आफै फिचर्ड छन् । गीतको सार अनुसारनै सन्देश मुलक र मार्मिक भिडियो पनि बनेको हुनाले सबै दर्शक/श्रोताहरुको मन जित्नुका साथै गीतले चर्चा पाउने विश्वास रहेको गायक भट्टराईको दाबी छ । गीतको भिडियोलाई सुमन कार्कीले छायाङ्कन गरेका हुन् ।

– सुमन कार्की

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *