जनता, उद्योगी, व्यापारी सरकारसँग आजित भइसके : काँग्रेस

एजेन्सी, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वर्तमान सरकारको काम कारवाहीप्रति असन्तुष्टी जनाउँदै पुनः आलोचना गरेको छ ।

काठमाडौंमा आयोजित दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस नेताहरुले सरकारको कामको आलोचना गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले जनता, उद्योगी, व्यापारी सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भईरहेको दावी गर्नु भयो ।

उहाँले सरकार एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले पार्टी भित्रको अन्तरघातकै कारण निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तरघातमुक्त पार्टी निर्माणमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *