बीएमके बास्केटबलकाे फाइनलमा कीर्तिपुर

एजेन्सी, काठमाडौं। कीर्तिपुर पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेको छ ।

दोश्रो सेमिफाइनलमा कीर्तिपुरले गोल्डेनगेटलाई ७०–६२ ले पराजित ग¥यो । कीर्तिपुरका सिद्धार्थ महर्जनले २२ अंक जोडे ।

पहिलो क्वाटरमा २२–१७ को अग्रता लिएको कीर्तिपुर दोश्रोमा ९–१६ ले पछि प¥यो । कीर्तिपुरले तेश्रोमा २४–१८ तथा चौथोमा १५–११ को प्रदर्शन ग¥यो । उपाधिका लागि कीर्तिपुरले आइतबार पहिलो सेमिफाइनलको विजेता बूढानीलकण्ठ विरुद्ध प्रतिस्पर्धा गर्ने छ । विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *