बाथ, मुटुरोग अनुसन्धान गर्न अक्षयकोष स्थापना

एजेन्सी, काठमाडौं। वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा प्रकाशराज रेग्मीले बालबालिकामा देखिने बाथ, मुटुरोगको अध्ययन, अनुसन्धान तथा निवारण गर्न सहयोग पु-याउन ‘बाथ, मुटुरोग अनुसन्धान कोष’को स्थापना गर्नुभएको छ ।

नेपाल हृदयरोग निवारण केन्द्रमार्फत कोष सञ्चालन हुुने सो कोषमा उहाँले रु १० लाख प्रदान गर्नुभएको छ । कोषको रकम १० वर्षभित्र रु एक करोड पु¥याइने लक्ष्यसमेत राखिएको छ । “पछिल्लो समय नेपालमा बाथ, मुटुरोगको अवस्था बढ्दो छ । यसका बारेमा जनचेतना, अनुसन्धान र रोकथाम गर्न सामूहिक प्रयासको आवश्यकता रहेको छ । यसैलाई सहयोग गर्न कोष स्थापना गरी नयाँ कार्यको शुरुआत गरिरहेको हुँ उहाँले भन्नुभयो”, उहाँले भन्नुभयो ।

कोषको व्याजबाट प्राप्त रकम बाथ, मुटुरोगको अध्ययन, अनुसन्धान, निवारण गर्न तथा यी कार्यमा काम गर्ने व्यक्ति तथा संस्थालाई पुुरस्कृत गरिनेछ । प्रतिष्ठानका अनुसार नेपालमा एक प्रतिशत बालबालिकामा बाथ र मुटुरोगको समस्या रहेको अनुमान रहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *