मुस्ताङमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकको लर्को

एजेन्सी, काठमाडौं। नेपाल भ्रमण वर्ष संघारमै छ । पर्यटकीय नगरीका स्थानीयले कम्मर कसिसकेका छन् । सरकारको लक्ष्य नै छ– बीस लाख पर्यटक भिœयाउने । यही मेसोमा पछिल्लो समय आन्तरिक पर्यटक मात्र होइन, बाह्यसमेत नेपालका मनोरम स्थान चुम्न लालायित छन् । केही समयअघिसम्म विदेशी पर्यटकले भरिभराउ हुने जोमसोम, मुक्तिनाथ, रारा, तिलिचो ताल, चियाबारीलगायतका ठाउँमा आन्तरिक पर्यटकको उपस्थिति बाक्लै हुन थालेको छ ।

दसैं–तिहारको बिदा र फुर्सद सदुपयोग गर्दै मुस्ताङ जाने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । चाडबाडको समयमा फुर्सद पनि हुने र यो समयमा मुस्ताङ जानका लागि मौसम अनुकूल हुने भएकाले बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको हो । मुस्ताङमा अन्य समयमा अत्यन्तै चिसो हुने र हावा पनि चल्ने भएकाले असोज र कात्तिक आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । राजधानी दैनिकमा खबर छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *