बिहान खाली पेटमा भिजाएको चना खानुहोस छन यति धेरै फाइदाहरु

एजेन्सी, काठमाडौं। बिहानको समयमा भिजेको चना खानु स्वास्थ्यको लागि लाभदायी हुने गर्छ । चना स्वालका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपायेगी हुन्छ । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिन प्रशस्त पाइने भएकाले बिहान भिजेको चना खानु लाभदायी हुने डाक्टरहरु बताउछन् ।

अन्य खाद्यान्नभन्दा सस्तो मानिने यो पोषण युक्र चना सुलभ तथा उपयुक्त विकल्प हो । चनाले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ । उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ ।

भिजाएको चना ऊर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ । भिजाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँदछ । हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाँदा प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढ्ने विज्ञको भनाई छ । एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *