घ्युकुमारी : यस्ता छन यस्को जुस पिउदा हुने फाईदाहरु

एजेन्सी, काठमाडौं। घ्युकुमारीमा औषधीय गुण रहेको हुन्छ । यसको सेवन र प्रयोगले विभिन्न स्वास्थ्य समस्या समाधानमा सहयोग गर्छ । कब्जियतलाई ठिक पार्न घ्युकुमारी पानीमा मिसाएर खानु पर्छ । अपच हुने र ग्यास फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा आराम हुन्छ । घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि पनि यो लाभदायक हुन्छ ।

यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ । घ्युकुमारीको जुस खानाले रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्टेरोलको समस्या बढ्न पाउँदैन । शरीरका कोष तथा कोषिका बिग्रिएका छन् भने घ्युकुमारीको जुस खानाले पूर्ववत अवस्थामा आउँछन् । उच्च रक्तचापका बिरामीका लागि पनि घ्युकुमारीको जुस लाभदायक हुन्छ ।

घ्युकुमारी खानाले क्यान्सरका ट्युमरको विकास र वृद्धिमा विराम लाग्छ । शरीरको रोगप्रतिरोधी क्षमता बढाउने तत्व हुन्छ । घ्युकुमारी खाँदा शरीरमा भिटामिन र खनिजको मात्रा बढ्न पुग्छ । गिजाका रोग समाधान गर्न समेत घ्युकुमारी लाभदायक हुने भएकाले घ्युकुमारी मिसाइएको टुथपेस्ट प्रयोग गर्नु राम्रो हुन्छ ।

पोलेको ठाउँमा घ्युकुमारी दल्नुभयो भने सञ्चो हुन्छ । साथै, पोलेको दाग पनि गाढा गरी बस्न पाउँदैन । अनुहारलगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने गर्नाले दाग हराउँदै जान्छ । आँखावरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ । अनुहार फुस्रो छ भने घ्युकुमारी दल्ने गर्नाले अनुहार चिल्लो हुन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *