जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वकाे ध्यानाकर्षण गराइयाे

एजेन्सी, काठमाडौं। नेपालले नगण्य उत्सर्जनका बाबजुद पनि गरिब देशहरुले जलवायु परिवर्तनको असर भोग्नु परेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।

संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले गरिब देशहरुले जलवायु परिवर्तनको अनुपातहीन, अन्यापूर्ण र औचित्यहीन असर भोग्नु परेको बताउनुभयो । हिमनदीहरु दिनानुदिन पग्लिँदै गएकाले यो निकै खतरापूर्ण भएको भन्दै तत्काल आवश्यक कदम चाल्न आवश्यक भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण आउने प्राकृतिक विपत्तिका कारण बर्सेनी थुप्रै नेपाली नागरिकले ज्यान गुमाउने गरेको बताउँदै यो वर्ष मात्रै बाढी पहिरो र आँधीमा परी कैयौँ नेपालीले ज्यान गुमाएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्री ज्ञवालीले ‘सगरमाथाको देश नेपाल जलवायु परिवर्तनको केन्द्रमा रहेको बताउनु भयो । मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै आउँदो वर्षको अप्रिलमा ‘सगरमाथा संवाद’ आयोजना हुने बताउनुभयो । साथै जलवायु परिवर्तनको असरसँग जुध्न संयुक्त राष्ट्र संघले विभिन्न तहमा प्रयास गर्नेमा नेपाल विश्वस्त रहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

मन्त्री ज्ञवालीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको संरचना प्रतिनिधिमूलक बनाउनु पर्ने समेत बताउनुभयो । त्यस्तै सुरक्षा परिषदको कामकारबाही पारदर्शी हुनुपर्ने बताउँदै उहाँले लोकतान्त्रिक चरित्र र जवाफदेही प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *