ट्रम्पकाे फोन संवाद विवाद चर्किँदै, युक्रेनका लागि अमेरिकाका विशेषदूतले दिए राजीनामा

एजेन्सी, काठमाडौं। युक्रेनका लागि अमेरिकी विशेषदूत कुर्ट भोल्केरले रजिनामा दिएका छन् ।

युक्रेनका राष्ट्रपतिसँग फोन संवादको विषयमा अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रियाअघि बढाएको समयमा विशेषदूत भोल्केरले राजिनामा दिएको समाचार सार्वजनिक भएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जुलाइ २५ मा ट्रम्पले फोन गर्दैै पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनका छोराविरुद्ध भ्रष्टाचारको अभियोग लगाउन दबाब दिएको समाचारमा सार्वजनकि भएको थियो । अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा ट्रम्पविरुद्ध डेमोक्र्याटिक पार्टीको तर्फबाट जो बाइडेन प्रतिस्पर्धा हुने संभावना रहेको छ ।

विपक्षी दलका नेतालाई बदनाम गराउन विदेशी शक्तिको प्रयोग गर्न खोजेको आरोप ट्रम्पमाथि लागेको छ । युक्रेनको सम्बन्धमा भोल्केर ट्रम्पका प्रमुख सम्पर्क सुत्रको रुपमा रहेका छन् । तल्लो सदनमा अन्तर्राष्ट्रिय मामिला समितिले उनीसँग अर्को साता बयान लिने तयारी गरेको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *