दसैं आयो, मुगुका खाद्य गोदाम रित्तै

एजेन्सी, मुगु । दसैं नजिकिए पनि जिल्लाका आधा दर्जन खाद्य गोदाम रित्तै छन् । चाडवाडको मुखमा अनुदानको चामल अभाव भएपछि स्थानीय चिन्तित छन् । यसपटक पनि उनीहरुको दसैतिहार खल्लो हुने भएको छ ।

जिल्लाका अधिकांश स्थानमा खाद्यान्न उत्पादन न्यून हुन्छ । हिउँद अन्न सकिएको र वर्षै अन्न पाकी नसकेकाले किसानलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले सताएको हो । सोरुकोट, पुलु, श्रीकोट, कालै, रातापानीलगायत खाद्य डिलो गत साउनदेखि रित्तै छन् ।

गमगढीस्थित संस्थानको शाखा कार्यालयमा कारिब डेढ सय क्विन्टल खाद्यान्न मात्र मौज्दात छ । उक्त जामल जन्म र मृत्यु संस्कारका लागि बचत राखिएको छ । यो समाचार अाजकाे कान्तिपुर दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *