जापानकाे रोजगारीको लागि १ हजार जनाले मात्रै भाषा परीक्षा दिन पाउने

एजेन्सी, काठमाडौं। जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ।

जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत अवोदन दिन पाउनेछन्।

शुक्रबार सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ।

जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागी हुन पाउनेछन्।आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्रमार्फत आवेदन छानिनेछन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *