दशैँ सुरु भएसँगै नुनदेखि सुन पसलसम्म ग्राहकको भीड

एजेन्सी, काठमाडौं। दशैँ सुरु भएसँगै बजारमा नुनदेखि सुनसम्मका सामानको किनमेल गर्नेको चहलपहल बढेको छ । राजधानीको केन्द्रबिन्दु नयाँ सडकमा त दशैँको रौनक अझै व्यापक छ ।

व्यापारीहरूको पनि वर्षभरिको आम्दानी हुने मुख्य समय दशैँ, तिहारजस्ता चाडमा नै भएकाले बजार चम्कन थालेको हो । स्थायी घर गोरखाका गणेश भट्टले आफूहरू पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गरिरहेको र राम्रो आम्दानी गरिरहेको बताउनुभयो ।

दशैँताका न्युरोडका पसल कबल, असन र इन्द्रचोकका गल्ली, भृकुटीमण्डपका छाप्रे बजार वा चमकधमकयुक्त सुपर स्टोर्स सबैतिर किनमेल गर्नेको थामिनसक्नु भीड हुन्छ । छुट र उपहारका अनेकौँ ‘अफर’ ले खरिददारीमा उत्साह थपेका छन् ।

उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरू न्युरोड, इन्द्रचोक, रञ्जना, असन, भृकुटीमण्डप, भोटाहिटी, वल्र्ड टे«ड सेन्टर, विशाल बजार, भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटी सेन्टरलगायतका ठाउँमा किनमेल गर्नेहरूको भीड लाग्न सुरु भइसकेको छ ।

सिभिल मल, युनाइटेड वल्ड टे«ेड र सिटी सेन्टरहरूले विविध उपहारले ग्राहक आफूतिर तानिरहेका छन् । यो समयमा यी बजारहरूमा अघिपछिको भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको व्यापारी बताउँछन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *