आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो

एजेन्सी, दोलखा । दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ ।

ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ ।

अस्पतालको ना ५ ख ८८५८ नम्बरको ट्रकमा अक्सिजनको सिलिण्डर लोड गर्ने क्रममा गाडीमा ओड नराखी झरेका चालक गाडी आफैँ सर्न खोजेपछि स्टेयरिङमा जान खोज्दा गाडी भित्तामा ठोकिन गई उनलाई अगाडिपटिको टायरले च्यापेको र उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *