सप्तरीमा मदिरा पिएर मातेका २ नेताबीच कुटाकुट्, १ को टाउको फुट्यो

एजेन्सी, राजविराज । दशैँको शुभकामना आदान-प्रदान गर्न आयोजित कार्यक्रममा समाजवादी पार्टीका दुई नेताहरुबीच कुटाकट भएको छ ।

सप्तरीको सदरमुकाम राजविराजमा आयोजित उक्त कार्यक्रमपछि मदिरा पिएर मातेका नेताहरुबीच कुटाकुट भएको एक नेताले बताए ।

शुभकामना कार्यक्रममा बोल्दै गर्दा पार्टीका जिल्ला इन्चार्ज सत्यनारायण यादवले सबैलाइ चुप लगाउने गरेकाेले अर्का नेता लक्ष्मण यादवसँग सामान्य भनाभन भएको थियाे ।

केही समयपछि साेही बिषयमा उनिहरुबीच एक-अर्कामा कुटाकुट भएको थियो । कुटाकुट हुँदा जिल्ला इन्चार्ज यादवको टाउकोमा गम्भीर चोट लागेको छ । हाल उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ । दसैँको शुभकामना दिन बिहिबार साह धर्मशालामा कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *