‘हाउसफुल-४’ ट्रेलर सार्वजनिक

एजेन्सी, काठमाडौं। एक्शन अभिनेता अक्षय कुमारको मल्टीस्टार फिल्म ‘हाउसफुल–४’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । २०१० मा सुरु भएको हाउसफुल फ्रेञ्चाइजीको यो चौथो फिल्म हो । यो फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बाबी देओल, राणा दग्गुबाती, कृति सेनन, कृति खरबंदा र पूजा हेग्डे मुख्य भूमिकामा छन् । यो फिल्ममा नवजुद्दिन सिद्धिकीको पनि केमियो रोल छ । फिल्मलाई फरहद समजीले निर्देशन गरेका हुन् ।

हाउसफुल फ्रेञ्चाइजीको हरेक फिल्ममा अलग–अलग कहानीलाई प्रस्तुत गरिन्छ । यो फिल्ममा पुनर्जन्मको कथालाई समावेश गरिएको छ । यसै कमेडी फिल्मबाट चंकी पाण्डेले पनि फिल्ममा कमब्याक गर्दैछन् ।

फिल्मको ट्रेलरको कुरा गर्नुपर्दा मस्ती, रमाइलो र कन्फ्युजनले भरिएको छ । ट्रेलरमा अक्षय कुमारसँगै रितेश देशमुखको पनि रमाइलो कमेडी देख्न पाइन्छ । त्यस्तै कृति सेनन, कृति खरबंदा र पूजा हेग्डेलाई ग्ल्यामरस देखाइएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *