‘भिजिट नेपाल २०२०’ लक्षित पर्यटकीय बस सञ्चालनमा

एजेन्सी, चितवन । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पटेहनीदेखि पोखाससम्म पर्यटकीय बस सञ्चालन गरिएको छ । सौराहा केन्द्रित रहेको चितवनको पर्यटनलाई पश्चिम चितवन तर्फ केन्द्रित गर्दै पटेहानी र पोखरा जोड्ने गरी बस सञ्चालन गरिएको हो । चितवनमा सौराहा पछिको दोस्रो पर्यटकीय गन्तब्यका रुपमा पटिहानीलाई लिने गरिन्छ ।

कसरा ट्राभलले सुरु गरेको बस हरेक दिन पोखराबाट विहान ७ बजे पटिहानीका लागि छुट्ने छ, भने अर्को बस पटिहानीबाट सोही समयमा पोखराका लागि छुट्ने छ । कसरा ट्राभल्सका दुईवटा बस अहिले काठमाडौं पटिहानी दैनिक अप–डाउन गर्छन् ।

मुलुककै दोश्रो पर्यटकीय गनब्तयको रुपमा रहेको पोखरासँग सम्बन्ध सुधार गर्दै पोखरा आउने पर्यटनलाई चितवनसम्म ल्याउनको लागि बस सेवा सञ्चालन गरेको वडा नं. २२ का वडाध्यक्ष बिष्णुप्रसाद महतोले जानकारी दिए ।

यसरी सुरु भएको बस सेवाले पोखरा आउने पर्यटकहरुलाई पटिहानी ल्याउन र पटिहानीमा भएका पर्यटकलाई पोखरा लैजान तथा पर्यटकहरुको बसाईलाई लम्ब्याउन बस सेवा प्रभावकारी हुनेछ । पटिहानीमा वार्षिक ७० देखि ८० हजार पर्यटक आउँछन् ।

अघिल्लो बर्षभन्दा गत बर्ष २५ प्रतिशतले पर्यटक बढेको व्यवसायीहरुको भनाइ छ । यहाँ ८ वटा ठूला, दुई दर्जन मझौला होटल छन् । आजबाट सुरु भएको पर्यटन बसको सिट क्षमता ३८ छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *