सिनजियाङ र हङकङका विषयलाई लिएर गरिएको आलोचना आधारहिन : मन्त्री वाङ यी

एजेन्सी, काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गर्नुभएको छ ।

उहाँले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तका विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकामा रहनुभएका विदेशमन्त्री वाङलाई रोयटर्स् समाचार समितिले गरेको प्रश्नको जवाफमा सो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो– चीन यस्ता आधारहीन आलोचना स्वीकार गर्दैन । रोयटर्स्लाई दिएको अन्तर्वार्तामा गएको तीन वर्षयता सिनजियाङमा कुनै हिंसात्मक हमला नभएको पनि दाबी गर्नुभयो ।
त्यहाँ आतङ्कवादका विरुद्धमा आवश्यक सुरक्षा व्यवस्था अपनाइएकोले यस्तो कुनै हिंसात्मक गतिविधि हुन पाएको छैन– उहाँले भन्नुभयो ।

उइगुर मात्र नभएर सो क्षेत्रमा रहेका विविध जातीय समूह र व्यक्तिहरुले पनि शान्तिपूर्ण रुपमा प्रतिफल लिइरहेका भन्दै विना आधार कसैलाई पनि आरोप नलगाउन सबैलाई आग्रह गर्नुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *