नेपालकाे अध्यक्षतामा सार्क विदेशमन्त्रीको बैठक, भारत र पाकिस्तानले गरे एक-अर्कालाई बहिस्कार

एजेन्सी, काठमाडौं। नेपालले अध्यक्षता गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विदेशमन्त्रीहरुको अनौपचारिक बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीहरुले एकले अर्कोलाई बहिस्कार गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा अमेरिकाको न्युयोर्कमा भएको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेसीले एक अर्कालाई बहिस्कार गरेका हुन् । भारतीय विदेशमन्त्री जयशंकरले धारणा राखेर बाहिरिएपछि मात्रै पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेसी सहभागी भएका थिए ।

भारतले अगस्ट ५ मा जम्मु तथा कस्मिरलाई दिँदै आएको विशेष राज्यको दर्ता दिने संविधानको धारा ३७० खारेज गरेपछि नयाँ दिल्ली र इस्लामावादबीच तनाव बढेको छ ।

गत वर्षको राष्ट्र संघीय महासभामा सहभागी हुन न्युयोर्क पुगेका विदेशमन्त्रीहरुको अनौपचारिक बैठकमा तत्कालीन भारतीय विदेशमन्त्री सुषमा स्वराजले पाकिस्तानी विदेशमन्त्रीको भाषणा बहिस्कार गरेकी थिइन् ।

भारतीय विदेशमन्त्री जयशंकरले धारणा राखेर बाहिरिएपछि मात्रै पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेसी सहभागी भएका थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *