निर्मला पन्त प्रकरणमा नयाँ ट्विष्ट : आमाले दिइन् दिलिपसिंहविरुद्ध किटानी जाहेरी, प्रहरीले केही बोल्न मानेनन्

एजेन्सी, काठमाडौं। न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. निर्मला पन्तकी आमाले दिइन् दिलिपविरुद्ध किटानी जाहेरी

१३ वर्षीया किशोरी निर्मला पन्त प्रकरणमा निर्मलाकी आमा दुर्गादेवी पन्तले दिलिपसिंह विष्टविरुद्ध किटानी जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उनले गत भदौ २२ गते नै किटानी जाहेरी दिइसकेकी भएता पनि प्रहरीले अझैसम्म विष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्नु त कता हो कता सूचना समेत लुकाउने प्रयास गरेको छ । प्रहरीले एक वर्षअघि पत्रकार सम्मेलन गर्दै विष्टले नै घटना गराएको दाबी गरेको थियो । त्यतिबेला निर्मलाकी बुबाआमाले दिलिपसिंह विष्ट नै संलग्न रहेको शंका व्यक्त गरेका थिए । अहिले भने दिलिपको व्यवहार र उनका परिवारका सदस्यहरुले बोलेका भिडियो, उनको भिडियोहरु देखिसकेपछि दिलिपसिंहमाथि शंका गर्ने आधार भएकाले किटानी जाहेरी दिएकी हुन् ।

२. गेट पासको भरपाई भन्दै सिराहाका मेयरले हस्ताक्षर गराएपछि…

सिराहा । सिराहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले आफूले गरेको अनियमितता ढाकछोप गर्नका लागि नगरसभाको बैठकमा जान गेट पासको भरपाई भन्दै छलेर नगरसभाको मुल रजिष्टारमा कार्यपालिका सदस्यहरुसँग हस्ताक्षर गराएका छन् । मेयरले यसरी छलेर हस्ताक्षर गराएपछि कर्जन्हा नगरपालिकामा बिवाद उत्पन्न भएको छ ।हामीलाई प्राप्त निर्णयको पहिलो पेजमा झुक्याएर हस्ताक्षर गराएपछि बहुमत सदस्यहरुले यस विषयमा छानविन गरी दोषीलाई कारवाहीको सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयलमा निवेदनसमेत दिएका छन् ।

३. अनियमितताको आशंका– एउटा धाराको महसुल १७ हजार रुपैयाँ बढी

उदयपुर । उदयपुरको कटारीमा सञ्चालित कटारी साना सहरी खानेपानी तथा सरससफाई आयोजनाका सामान्य उपभोक्ताले पानीकै महसुल १७ हजार रुपैयाँ भन्दा बढी तिर्नुपर्ने भएको छ । यतिमात्र नभई आयोजनाले पहिल्यै १४ हजारमा वितरण गरेको पूराना धारानै अहिले ४० हजारमा किनबेच भइरहेका छन् । कटारीमा एउटा सामान्य परिवारलाई पूरै घरपरिवारको घरखर्च धान्ने रकम बराबरको पानीकै महसुल आएपछि उपभोक्ताहरु अन्यौलमा छन् ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *