निर्माणाधीन भवनको खाल्डोमा डुबेर १ को मृत्यु

एजेन्सी, जाजरकोट । भेरी नगरपालिकाको निर्माणाधीन भवनको खाल्डोमा डुबेर एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी नगरपालिका–१ मैदेका अन्दाजी ४५ वर्षीय लोकबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सदरमुकाम खलङ्गामा लामो समयदेखि ज्याला मजदुरी गर्दै आएका राना मदिरा सेवन गरेको अवस्थामा लिफ्टका लागि बनाएको खाडलमा डुबेको आशङ्का गरिएको छ । भवनको फिनिसिङका लागि निर्माण व्यवसायीले सोही खाल्डोमा पानी जम्मा गरेर राखेका थिए ।

खाल्डोमा करीब सात फिट पानी थियो । बुधबार बेलुका पानीभित्रबाट मृतावस्थामा प्रहरीले उनको शव निकालेको हो । उनी मङ्गलबार राति डुबेको हुनसक्ने प्रहरीको अनुमान छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *