साम्तेनको ‘धुपौरे’मा अनमोल केसी

एजेन्सी, काठमाडौं। चलचित्र ड्रिम्सबाट चलचित्र क्षेत्रमा पाइला टेकेका चर्चित नायक अनमोल केसी फिल्म ‘धुपौरे’मा फाइनल भएका छन् । तिहारपछि छायाकंन सुरु हुने यस चलचित्र प्रेम कथामा आधारित हुने बताइएको छ । यस चलचित्रलाई भुटियाँले निर्देशन गरेका छन् । तर यस चलचित्रमा अन्य कलाकार को हुन भन्ने फाइनल भएको छैन् ।

अनमोल यतिखेर चलचित्र ‘एन्टी हिरो’कोमा ब्यस्थ रहेका छन् । जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले निर्माण गर्न लागेको ‘धुपौरे’ जेएस इन्टरटेनमेन्ट फिल्म प्रालिको ब्यानरमा बन्नेछ । चलचित्रको सुटिङ मंसिर २० गतेदेखि काठमाडौं, भैरहवा र दाङमा हुने बताइएको छ । र चलचित्रमा नयाँ नायिकाको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *